साँझ साढे ६ बजे ओमनबाट अक्सिजन सिलिन्डर आइपुग्ने
  • CIA Khabar

  • काठमाडौँ । नेपालले ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याउँदै छ । उक्त अक्सिजन सिलिन्डर आज साँझ साढे ६ बजे काठमाडौँ आइपुग्ने छ ।

    नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिन्डर लिन ओमनको लागि शनिवार बिहान उडेको छ ।

    कोरोना महामारीको दोस्रो लहर चलिरहँदा नेपालमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ । यसैबीच ५६० थान सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाज ओमन गएको हो । जहाज शनिवार साँझ साढे ६ बजे अक्सिजन सिलिन्डर लिएर काठमाडौँ आइपुग्ने बताइएको छ ।

    गैरआवासिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराइएको हो । मस्कटमा रहेको अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा खरिद गरिएको सलिन्डरलाई हाल मस्कट विमानस्थलमा राखिएको त्यहाँको नेपाली दूतावासले जनाएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार १६:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images