काठमाडौँ । लामो समयदेखी पदाधिकारी विहिन बनेको राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्ती भएको १०० औं दिन पुरा भएको छ ।
वैशाख ३० गते १००औं दिनको उपलक्ष्यमा आयोग तथा पदाधिकारीहरुले जिम्मेवारी लिएको दिनदेखी हालसम्म भएका प्रगतिहरु सार्वजनिक गर्नुभएको छ । त्यस्तै अबका दिनमा आयोगले खेल्ने रणनीतिको बारेमा समेत स्पष्ट पारिएको छ । आयोगका आयुक्तरसदस्य कृष्णकुमारी पौडेल खतिवडाले आगामी दिनमा आयोगले महिला हिंसा न्युनिकरण तथा हक अधिकारलाई कार्यान्वयनसँगै महिलामैत्री वातावरण सिर्जना गर्ने विषयमा विशेष रणनीतिका साथ अगाडी बढ्ने योजना रहेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले आयोगको सदस्यको जिम्मेवार लिएपछि महिलाको हक अधिकारको स्थापनाका साथ साथै लैङ्गिक हिंसा न्युनिकरण, न्यायको पहुँच विस्तार, आयोग महिलाको अविभावकत्व ग्रहण, निशुल्क टेलिफोन सेवा, क्षमता अभिवृद्धि, अभिमुखीकरण, आयआर्जमा महिलाको संलग्नता, आत्मनिर्भताको शिक्षा, अन्तर समन्वयलाई जोड, संविधानको कार्यान्वयन, हेल्प डेक्स सञ्चालनको प्रभावकारीतामा वृद्धि लगायतका गतिविधिहरुलाई विशेष रणनीतिका साथ कार्यसञ्चालन भइरहेका छन् ।’
आयोगले मुद्धा तथा उजुरी व्यवस्थापन शाखा, नीति निर्माण तथा अन्तर्राष्ट्रिय प्रतिवेदन तयारी र सिफारिस कार्यान्वयन शाखा अन्तरगतको नीतिलगायतका विषयमा मुद्धाको अवस्था, पिडितको अवस्था, तत्काल राहत, खाना बस्नेको व्यवस्थापनमा विशेष ध्यान दिइएको उहाँले जानकारी गराउनुभयो । जहाँ महिलालाई समस्या त्यही आयोगको उपस्थितीलाई मुख्य अभियानको रुपमा लिएको छु । पहुँच नभएका महिलालाई समेत गाउँ गाउँमा पुगी न्यायको ढोका खुल्ला गरिदिन आयोग निरन्तर लागिहरेको छ । दैनिक रुपमा आउने महिला हिंसाका उजुरीहरुलाई छिटोभन्दा छिटो सुनुवाई गरी पिडितलाई न्याय दिलाउनु पर्नेमा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । समानता र न्यायको पक्षलाई आफ्नो अभिन्न अंगको रुपमा आत्मसात् गर्दै पिडित महिलाको न्यायको सारथीको रुपमा आयोगले अभाव र प्रभावमा नपरी महिलामैत्री कामहरु गरिरहेको सदस्य खतिवडाले स्मरण गराउनुभयो । देशभरका महिला हिंसा, हत्या तथा पिडितलाई न्यायको अनुभुत गराउन आफुले दैनिक निरन्तर रुपमा खटिरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बैतडी भागिरथी भट्टको बलात्कार पछिको हत्या भएको घटनामा स्थलगत अनुगन साथै प्रतिवेदन तयार पारी गृहमन्त्रलयलाई आवश्यक कानुनी उपचारको लागि आग्रह गरिएको छ । सोही अनुसार अपराधिक गतिविधमा संलग्नलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको प्रकृया अगाडी बढाएको छ । त्यस्तै पुजा कार्कीले प्रेम प्रस्ताव नमाने पछि मट्टीतेल हाले आगो लगाएका धेरै भन्दा धेरै घटना नजिकैबाट हेरेको साथै त्यसको कानुनी उपचारको लागि आवश्यक कदम चाल्ने तयारी भइरहेको छ ।’
उहाँले लैङ्गिक हिंसा नियन्त्रण तथा व्यवस्थापनको लागि लैङ्गिक हिंसा अन्त्य तथा शसक्तिकरणको लागि राष्ट्रिय रणनैतिक जिम्मेवारीलाई सार्थकता पैदा गर्न लैङ्गिक हिंसा पिडितहरुको लागि आवश्यक पर्ने सवै सेवा, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, चिकित्कस सेवा, कानुनी सेवा, सुरक्षा, आश्रय, पुःस्थापना पूर्ण रुपमा निशुल्क उपलब्ध गराउन सरकारका विभिन्न निकायहरुले व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।