हावाहुरी सहितको चट्याङले अर्घाखाँचीमा एक बालकको मृत्यु
  • CIA Khabar

  • अर्घाखाँचीमा असिना र हावाहुरीसंगै आएको चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर–३, खनदहका भरत चौहानका नौ वर्षिय छोरा सौरभ चौहानको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी सुजन शाहले बताए । आँगनमा असिनासंग रमाईरहेका बालकलाई एक्कासी चट्याङले हानेपछी उनी ढलेको र अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको वडा नम्बर–३ का वडा अध्यक्ष शेभाखर खनालले जानकारी दिए ।

  • ४ बैशाख २०७८, शनिबार १९:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images