ओलीले राष्ट्रिय सरकारको प्रस्ताव अस्वीकार गरेको बाबुरामको खुलासा
  • CIA Khabar

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा अस्वीकार गरेका खुलासा गरेका छन् ।

    पूर्व प्रधानमन्त्री समेत रहेको भट्टराईले आइतबार बिहान ट्वीट गर्दै देशलाई निकास दिन प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताए ।

    तर वर्तमान र पूर्व​ प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव ओलीले अस्वीकार गरेपछि उक्त कुरा अरुलाई नभनेको भट्टराईको भनाइ छ । भट्टराईले बैशाख २८ गते राति ओलीलाई भेटेका थिए ।

    उनले २९ गते विहान ट्वीटर मार्फत देशको संकट हल गर्न चार प्रस्ताव अगाडि सारेका थिए ।

  • २ जेष्ठ २०७८, आईतवार १०:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images