काठमाडौं । बागमती प्रदेश ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनबाट यस वर्ष उल्लेख्य राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म जम्मा १० करोड राजस्व असुल गरेको कार्यालयले यस वर्षको यो अवधिसम्म २१ करोड रुपैयाँ राजस्व असुल उपर गरिसकेको छ ।
निषेधाज्ञाकै बीच ट्राफिक कार्यालयले उक्त राजस्व संकलन गरेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक शान्तिराम कोइरालाले बताए ।
‘हामीले यो वर्ष गत बर्षभन्दा डब्बल राजस्व संकलन गरेका छौं,’ उनले भने ‘ट्राफिक नियम उल्लघंन गर्ने २ हजार सवारी साधनबाट २१ लाख घुस दिएका थिए, त्यो लिएनौ र हामीले उनीहरूलाई कारवाही स्वरुप दण्ड जरिवाना गरायौं।४ लाख घुस त हामीले फिर्ता नै गर्यौ,’ उपरीक्षक कोइरालाले थपे ‘सेवामा समर्पित भएर गतल काम गर्नेलाई निरुत्साहित गर्ने गरिरहेका छौं ।’