आज ह्वातै बढ्यो सुनको मूल्य
  • CIA Khabar

  • काठमाडौ । केही दिन यता नेपाली बजारमा क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य फेरि ह्वातै बढ्न गएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकैपटक ९०० रुपैयाँले वृद्धि भएर ९२ हजार ५०० रुपैयाँ पुगेको हो ।

    त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

    महासंघका अनुसार यता चाँदीको मूल्य समेत आइतबार सामान्य वृद्धि भएको छ ।

    गत शुक्रबार प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँले वृद्धि हुँदै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

  • २ जेष्ठ २०७८, आईतवार १२:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images