प्रचण्ड–उपेन्द्रको किर्तेबिरुद्ध अदालत पुगे जसपाका चार सांसद
  • CIA Khabar

  • काठमाडौं । जसपाको उपेन्द्र यादव पक्षले कारवाही गरेको आधारमा लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । लुम्बिनीमा मन्त्री रहनुभएको उहाँहरुलाई जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिनुभएको थियो ।

    जसपा विवादकै बीच एमाले नेता शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते पदमुक्त गर्नुभएको थियो । तर, सभामुख माओवादी पक्षका भएकाले ठाकुरको पत्र बेवास्ता गर्दै यादव पक्षको कारवाही सदर गरेपछि चारैजना सांसद सो निर्णयविरुद्ध रिट लिएर सर्वोच्च आउनुभएको हो ।

    उपत्यकाको निषेधाज्ञाले गर्दा अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नलिने यसअघि नै जनाएको छ । सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या, मौलिक हकलगायतका मुद्दाहरुको सुनुवाई र रिट दर्ता हुने भएपछि चार सांसद उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने रिट दर्ता भएको छ ।

  • २ जेष्ठ २०७८, आईतवार १६:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images