स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो बनाउन अर्थमन्त्रीको निर्देशन
  • CIA Khabar

  • काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।

    उनले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जालगायत सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

    उनले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिमाण र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि उनले निर्देशन दिएका छन् ।

  • ३ जेष्ठ २०७८, सोमबार १५:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images