चीनबाट आइपुग्यो थप ९७५ अक्सिजन सिलण्डर
  • CIA Khabar

  • काठमाडौँ । नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र र सोमबार गरि थप ९७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको छ ।

    यससँगै अब चीनबाट कुल १ हजार ३७५ वटा सिलिण्डर नेपाल आएका छन् । नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार यो तीन उडानबाट नेपाल ल्याइएको हो ।

    यस्तै, १७५ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाजले आज र भोलि पनि बेइजिङ उडान गर्दैछ । ती दुई उडानबाट समेत थप सिलिण्डर नेपाल ल्याइने उनले जानकारी दिए ।

    उनले अब सिलिण्डरभन्दा अक्सिजन जेनेरेटरको आवश्यकता रहेको उल्लेख गर्दै निगमको जहाजले जेनेरेटर समेत बोक्न सक्ने जानकारी समेत गराएका छन् ।

    नेपाल एयरलाइन्सको जहाजले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याएको हो । यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत ५६० थान अक्सिजन सिलिण्डर नेपाल ल्याएको थियो ।

  • ३ जेष्ठ २०७८, सोमबार २०:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images