काडमाडौ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै जीवन बिमा कम्पनीले आकर्षक नाफा गरेका छन् । अधिकांश कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी, खुद बिमा शुल्क लगायतमा आकर्षक बढोत्तरी देखिन्छ । नाफा कमाउनेमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यसको नाफा ८।३६ प्रतिशतले बढेर ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै नाफा बढाउनेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । यसको खुद नाफा १४८।३३ प्रतिशतले बढेर १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । सूर्या लाइफले पनि झण्डै ५६ प्रतिशत नाफा गरेको छ ।