प्रचण्डसँग सहकार्य गर्दा भडखालोमा जाकिए उपेन्द्र: दलको नेताबाट चिप्लिदा आफैबिरुद्धको बक्तब्यमा हस्ताक्षर गर्न बाध्य
  • CIA Khabar

  • काठमाडौं । कांग्रेस–माओवादी गठबन्धनमा सामेल भई कम्फर्टेवल सरकार गठनको अभियानमा असफल हुनुभएका जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पार्टीभित्र नराम्रोसँग पराजीत हुनुपरेको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सहयोगी बनेर प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको अभियानमा सहभागी भएपछि यादव र भट्टराईले संसदीय दलको नेताबाटसमेत हात धुनुपरेको हो । जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरसँग दोस्रो बरियताका अध्यक्ष उपेन्द्रले आफैमाथि प्रहार गरिएको आठ बुँदे सहमतिमा हस्ताक्षर गर्दै बिज्ञप्ती जारी भएलगत्तै ठाकुरले बरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेता चयन भएको पत्र संसद सचिवालयमा दर्ता गराउनु भएको छ ।

    अध्यक्ष ठाकुरले नै हस्ताक्षर गरी सचिवालयमा महतो दलको नेता चयन भएको जानकारीसहित पत्र दर्ता गराउनु भएको हो । अध्यक्ष यादव आफै दलको नेता हुने होडमा रहेको र महतोलाई नेता नमान्ने अडान लिइरहेको बेला ठाकुरले महतो नै दलको नेता चयन भएको जानकारी दिनुभएको हो । जसपा संस्दीय दलमा उपेन्द्र र बाबुराम अल्पमतमा हुनुहुन्छ ।

    बहुमत सांसदले गत बैशाख २९ गते महतोलाई दलको नेत ाचयन गरेका थिए । सो निर्णय अबैध भएको जनाउँदै नमान्ने घोषणा गरेको यादव समुह आज संसद सचिवालयमा पत्र दर्तासँगै मान्न बाध्य भएको छ । जसपा स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष ठाकुरसँग सहमतिसहितको बिज्ञप्ती जारी गर्दा यादवले महतोलाई नेता स्वीकार गर्नुभएको छ । ‘उपेन्द्रजीले बहुमत सांसद आफूसँग नरहेको तथ्यलाई आत्मसाथ गर्दै राजेन्द्र महतोलाई दलको नेता मान्ने सहमति जनाएपछि ठाकुरकै योजनाअनुसार सरकारमा सहभागी नहुने निर्णयसहितको दुवै अध्यक्षको संयुक्त बक्तब्य आएको हो,’ जसपा कार्यकारिणी समितिका एक सदस्यले  भने ।

    सोही सहमतिअनुसार दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र महतोले संयुक्त वक्तव्य जारी गरेकै दिन जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको सूचना संसद सचिवालयमा पुगेको उनको भनाइ छ । जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ । जसमा महतो दलको नेता निर्वाचित भएको व्यहोरा उल्लेख छ । त्यसो त अध्यक्ष यादव आफैमाथि प्रहार गरी तयार पारिएको बक्तब्यमा हस्ताक्षर गर्न बाध्य हुनुपरेको छ । आठ बुँदे बिज्ञप्तीको बुँदा नम्बर २ मा यादवमाथि नै प्रहार गरिएको छ ।

    पढनोस यो बिज्ञप्ती :

    माओवादी अध्यक्ष प्रचण्डको योजनामा चल्दा यादव निकै ठूलो भडखालोमा जाकिएको निश्कर्ष यादव निकट जसपाकै नेताहरुले निकालेका छन । बाबुराम भट्टराई र प्रचण्डको योजनाअनुसार चल्दा यादव अव जसपाभित्र निकै कमजोर बनेको यो तथ्यले देखाएको भन्दै खेमा परिवर्तनको तयारीसमेत अघि बढेको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार १७:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images