काठमाडौ । नेपालमा नयाँ भेरियन्ट सहितको कोभिड-१९ ले आक्रान्त पारिरहेको बेला थप नयाँ भेरियन्ट्को भाइरस पत्ता लागेको छ । आज स्वास्थ मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै नया भेरियन्ट्को भाइरस पत्ता लागेको जानकारी दिएको छ् । देशका विभिन्न भागबाट कोभिड-१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।
योसँगै नेपालमा परिवर्तित भाइरसहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो ।
नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको डा. समिरकुमार अधिकारीद्वार जारी विज्ञप्तिमा भनिएको छ ।
हेरौ बिज्ञप्ति :