नेकपा (एमाले) काे राजनीतिक पत्रिका नवयुग पुनः प्रकाशन
  • CIA Khabar

  • काठमाडौँ । नेकपा (एमाले) को राजनीतिक पत्रिका नवयुग पुनः प्रकाशन सुरू भएको छ । नेकपा माओवादी केन्द्रसँग एकताको प्रक्रियामा गएपछि बन्द भएको पत्रिका एकता पूरा नहुँदै भंगभएपछि पुनः प्रकाशित भएको हो । एमालेको केन्द्रीय प्रचार विभागले प्रकाशन गर्ने यस पत्रिका देशभरका कार्यकर्ताले किनेरै पढ्ने गरेका थिए ।

    एमाले प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नवयुग पुनः प्रकाशित भएको जानकारी एस एन एन नेपालाइ दिनुभएको छ । ३० वर्षदेखि प्रकाशन हुँदै आएको नवयुगको चैत / वैशाख अंकमा २०७७ फागुन २३ को सर्वोच्च अदालको फैसलापछि विकसित राजनीतिक घटनाक्रम, संस्थागत निर्णय, विगत तीन बर्षका संग्रहणीय दस्तावेज र महत्त्वपूर्ण सामग्री प्रकाशन भएको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार २१:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images