पोखरा । कास्की क्षेत्र नं – ३ (ख) का सासद राजिब पहारिले महामारीमा हुनेले नहुनेलाइ सहयोग गर्नुपर्ने बताउनु भएको छ । सांसद पहारीले अन्नपूर्ण गाउपालिकाका युवा सङै मिलेर नि:शुल्क एम्बुलेन्स सेवा संचालन सुभारम्भ गर्नु भएको हो ।
अन्नपूर्ण गाउपालिकाका युवाहरु मिलेर कोरोना संक्रमित लाई यातायात सहजीकरणको निम्ति संचालन गर्नुभएको एम्बुलेन्स सेवामा आवश्यक पर्ने स्वास्थ सुरक्षाका सामग्री सांसद पहारिले नमस्ते सामुदायिक प्रतिष्ठान नेपाल मार्फत हस्तान्तरण गर्नुभएको हो ।
निशुल्क एम्बुलेन्स सेवामा नमस्ते सामुदायिक प्रतिष्ठान नेपालका तर्फ बाट पर्यटन ब्यबसायी भिष्मराज पौडेलले एम्बुलेन्सलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गर्नु भएको छ ।