अध्यक्ष ठाकुर पक्षको प्रमाणसहितको दाबीले यादव पक्ष ट्वाँ
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले पार्टी विधानमा भएको प्रकृया पूरा गरेर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको दाबी गरेका छन् ।

    अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको विधान नै पारित नभएकाले संसदीय दलको नेता कसरी चयन हुन्छ भन्ने प्रतिकृया दिएलगत्तै अध्यक्ष ठाकुर पक्षका नेताहरुले संसदीय दलको बैठकले विधान पारित गरेर संसदीय दलको नेता बनाएको दावी गरेका हुन् । पार्टी कार्यालय बबरमहलमा बैशाख २९ गते बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले संसदीय दलको विधान पारित गरेर महतोलाई संसदीय दलको नेतामा चयन गरेको जसपाका नेता एवं सांसद उमाशंकर अरगरियाले बताउनुभयो ।

    संसदीय दलको विधानअनुसार नै प्रकृया पुर्याएर वैशाख ३० गते भक्तपुरको डोलेश्वर रिसोर्टमा बसेको बैठकले महतोलाई नेता चयन गरेको उहाँले बताउनुभयो । जसपाका २१ जना सांसदको हस्ताक्षरबाट विधान पारित भएको अरगरियाले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसदीय दलबाट विधान पारित भएको माइन्युट र विधान पनि संसद सचिवालयमा बुझाएको छ, त्यहाँ गएर हेर्दा हुन्छ ।’

    कार्यकारिणी सदस्य अनिलकुमार झाले आफूले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई विधानको मस्यौदा बुझाइसकेकोले सोही विधान अनुसार राजेन्द्र महतोलाई दलको नेता छनौट गरिएको बताउनुभयो । यो सँगै यादव पक्षको योजना समेत असफल भएको छ । उपेन्द्र यादव समेत दलको नेता बन्ने दौडमा हुनुहुन्थ्यो ।

  • ५ जेष्ठ २०७८, बुधबार २१:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images