संकटका बेला जोखिम मोलेर मानव सेवामा समर्पित हुनु मेरो कर्तव्य हो: अध्यक्ष लामा
  • CIA Khabar

  • कपिलवस्तु । अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा) का कारण आम नागरिकहरु समस्यामा परेका बेला जोखिम बहन गरेरै भएपनी मानव सेवामा समर्पित हुनु आफ्नो कर्तव्य रहेको हामी नेपाली ग्लोवलका अध्यक्ष अमृत लामाले बताए ।

    सामाजिक सेवा भावले ओतप्रोत हामी नेपाली ग्लोवल नामक अन्तराष्ट्रिय संस्था र कलाकर्मीहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघले बिगत ११ दिन देखी निरन्तर रुपमा राहत तथा सहयोगका माध्यमबाट मानव सेवामा सक्रिय भइरहेको छ ।

    अभियानका क्रममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, अभियानकर्मीलाई स्वास्थ्य सामाग्री बितरण देखी लिएर लकडाउनका कारण समस्यामा परेका कलाकार, बेसाहारा, असहाय ,जेष्ठ नागरिक लगायत आम सर्वसाधारणलाई खाना खुवाउने देखी लिएर दाल, चामल, तेल, नुन लगायतका खाद्यान्न सामाग्री सहयोग गर्दे आइरहेको छ ।

    No description available.

    अभियानकै क्रममा आज एघारौं हामी नेपाली ग्लोबल र राष्ट्रिय संगीतकर्मी संघको सहकार्यमा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य आशा लामाको सिफारिसमा अप्ठ्यारो परेका सुत्केरी महिलाहरु र राजधानी बिशेष समिती का अध्यक्ष तथा महासचिव नैन सुडारीको सिफारिसमा विभिन्न क्षेत्रमा आबद्ध १२ जना कलाकारहरुलाइ खाद्यान्न लगायतका सामाग्री बितरण गरिएको राष्ट्रिय संगीतकर्मी संघका महासचिव बिक्रम जंग शाहले बताए । यसै गरी ललितपुर जिल्ला अध्यक्ष सुबास महतको सिफारिसमा १५ जना कलाकारहरुलाइ राहत तथा खाद्यान्न सामाग्री बितरण गरिएको छ भने सल्यानका अध्यक्ष कुल बहादुर वलीको सिफारिसमा सुदुरपश्चिम तथा मध्यपश्चिमका विभिन्न क्षेत्रमा आबद्ध १५ जना कलाकार,विभिन्न क्षेत्रमा आबद्ध परिवार,सुरक्षाकर्मी र प्राबिधिकहरुलाई सहयोग गरिएको हामी नेपाली ग्लोवलका अध्यक्ष तथा नायक अमृत लामाले बताएका छन् ।

    राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा संस्थासँग समन्वय गरेर कोभिड १९ का कारण रोग र भोकले ग्रसित भएका मानिसहरुलाई सहयोग गर्न पाउँदा आफलाई अत्यन्त खुसी लागेको हामी नेपाली ग्लोवलका अध्यक्ष तथा पापी चलचित्रका नायक लामाले बताएका छन् ।

    यस्तो महामारीको अवस्थामा सबै जना सुरक्षित रहन आग्रह गर्दे यदी कोही कसैलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्नको समस्या परेमा आफुहरुलाई सम्पर्क गर्न अभियान्ताले अनुरोध समेत गरेका छन् ।

  • ५ जेष्ठ २०७८, बुधबार २१:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images