के ओलिको राजिनामा संभव छ, जसपालाई प्रधानमन्त्री दिन एमाले तयार भएको हो?
  • CIA Khabar

  • काठमाडौ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जेठ ३० भित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । त्यसका लागि उनले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउने प्रयत्न गरिरहेका छन् ।

    तर, दलहरुको समीकरणलाई हेर्ने हो भने प्रधानमन्त्री ओलीले फेरि पनि विश्वासको मत पाउने अवस्था देखिएको छैन । अर्कोतिर ओलीले सहयोगको अपेक्षा गरेको जसपाले फेरि पनि उनलाई साथ सहयोग गर्ने अवस्था अहिलेसम्म देखिएको छैन ।

    ओलीले विश्वासको मत पाउन नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपामध्ये कुनै एक दलको सहयोग अनिवार्य लिनुपर्छ ।

    माओवादी केन्द्र र काँग्रेसले यसअघि नै ओलीको विकल्पमा सरकार गठनको प्रयास गरेका हुन् । यो प्रयासमा उनीहरु असफल भएपछि ओली नै संविधानको धारा ७६ को ३ अनुसार पुनः प्रधानमन्त्री बनेका हुन् ।

     

    पुनः प्रधानमन्त्री भएपछि पनि ओलीले विश्वासको मतका लागि काँग्रेस र माओवादीतर्फ भन्दा जसपातिर नै बढी भर गरेका छन् । पार्टीभित्रको विवाद मिलाउने र जसपा नेपालको समर्थन लिएर विश्वासको मत हासिल गर्ने उनको दाउ छ ।

    ओलीले जसपालाई साथमा लिने प्रयासका बावजुद सत्ता राजनीतिकै कारण आन्तरिक विवादले फुटको डिलमा पुगेको जसपाका दुई पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) बीच पार्टी एकता नटुटाउने र अरुको नेतृत्वको सरकारमा पनि नजाने सहमति मंगलबार सार्वजनिक भएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार २२:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images