हवाइ उडान : नेपालीलाई बन्द, भारतीयलाई खुल्ला
  • CIA Khabar

  • काठमाडौ । सरकारले निषेधाज्ञा घोषणा गरेर नेपालीहरुलाई विदेश जान दिएको छैन । विदेशमा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कन पाएका छैनन् । तर, नेपालीका लागि विमानस्थल बन्द गरेको सरकारले भारतीय नागरिकलाई भने दिनहुँ खाडी राष्ट्रमा रोजगारीका लागि उड्ने छुट दिइरहेको छ ।

    कोरोनाको उच्च जोखिममा रहेका भारतीयहरु नेपालको बाटो भएर विदेश जाने क्रम निषेधाज्ञामा पनि रोकिएको छैन । ठमेल र गौशाला एरियामा करिब एक हजार बढीको संख्यामा भारतीयहरु अरब जानका लागि फ्लाइट कुरेर विभिन्न होटलमा बसिरहेका छन् ।

    मन्त्रिपरिषदले वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय उडान रोकिएसँगै विदेशबाट छुट्टीमा घर आएका र रोजगारीका लागि टिकट काटेर बसेका नेपाली नागरिकहरु विदेश उड्नबाट रोकिएका छन् । तर, भारतीय नागरिकचाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँको संख्यामा साउदी अरेबियाको राजधानी रियाद र दमाम उडिरहेका छन् ।

  • ५ जेष्ठ २०७८, बुधबार २३:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images