अध्यक्ष ओलीद्वारा आकस्मिक स्थायी कमिटीको बैठक आह्वान
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ ।

    त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ । बैठकका अन्य एजेण्डाबारे केही बताइएको छैन ।

  • ६ जेष्ठ २०७८, बिहीबार १२:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images