तीन वर्षअघि हत्या गरी फरार रहेको आरोपमा तीनजना पक्राउ
  • CIA Khabar

  • सिरहा । सिरहामा तीन वर्षअघि एक व्यक्तिको अपहरण गरी हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी बस्ने ३९ वर्षीय जयराम साह, सोही ठाउँका ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साह छन् ।

    २०७५ वैशाख २९ गते राति बरियारपट्टी गाउँपालिका–४ का अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी कुटपिट गर्दै घाइते बनाइएको थियो । घाइते भएका सिंहको उपचारको क्रममा २०७६ साल जेठ १ गते मृत्यु भएको थियो ।

  • ६ जेष्ठ २०७८, बिहीबार १६:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images