काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सहयोग गर्ने भएको छ ।
आज बसेको स्थायी कमिटीको बैठकले नेपालमा समेत कोरोनाको संक्रमणदर उच्च गतिमा रहेकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारसँग हातमा हात मिलाएर अगाडी बढ्ने निर्णय गरेको छ । बैठकले आफ्ना केन्द्र, प्रदेश तथा स्थानीय कमिटीलाई कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि परिचालित हुन निर्देशन दिँदै अझ बढी सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै कोरोनाविरुद्धको खोप ल्याउन माओवादीले आफ्नो तर्फबाट कुटनैतिक प्रयास जारी राख्ने समेत निर्णय गरेको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । सरकारकारले कोभिड रोकथाम र नियन्यत्रणका लागि बनाएको संयन्त्र सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।