कोरोनाको निःशुल्क उपचार गर्ने रबि लामिछानेको जनमैत्री अस्पतालले विरामीसँग लियो लाखौं रकम (प्रमाणसहित)
  • CIA Khabar

  • काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जनमैत्री अस्प्तालले कोरोना संक्रमित विरामीको निःशुल्क उपचार गर्ने भनेपनि एक लाखसम्म रकम असुलेको पाईएको छ ।

    तत्कालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने सरकारको निर्णयअनुसार जनमैत्री अस्पताल १ सय शैया क्षमतासहित सञ्चालनमा आएको थियो । उक्त अस्पतालले यसअघि कोरोना संक्रमित विरामीहरुको निःशुल्क उपचार गर्ने भनेको थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वर्ष ६० का रामचन्द्र श्रेष्ठसँग अस्पतालले भर्ना हुनुअघि नै १६ हजार लिएको र पछि एक लाख रकम लिएको पाईएको हो । श्रेष्ठ गत बैशाख ३० गते अस्पताल भर्ना हुनुभएको थियो ।

    उहाँको उपचारकै क्रममा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारका सदस्यहरुले भने निःशुल्क उपचार गर्छु भन्ने अस्पतालले प्रचारमात्रै गरेको तर व्यवहारमा त्यस्तो नभएको गुनासो पोखेका छन् । अस्पताल भर्ना हुनेबित्तिकै १६ हजार तिरेको र लगत्तै एक लाख डिपोजिट गरेको मृत्तकका साला राजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालले ७७ हजार र प्लस अरु पनि रकम तिर्नुपर्छ भनेको छ । तर, श्रेष्ठले भने बाँकी पैसा आफ्नो नाममा राखिदिन अस्पताल प्रशासनलाई आग्रह गरेको गर्नुभयो ।

  • ६ जेष्ठ २०७८, बिहीबार १८:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images