निर्वाचन परिणाम: ओली एक्लै चार हजार, पाँच पूर्वप्रधानमन्त्रीको हैसियत पाँच हजार
  • CIA Khabar

  • काठमाडौं । बागमति प्रदेशमा आज भएको राष्ट्रियसभा निर्वाचनको परिणाम एमाले उम्मेद्वार रामबहादर थापा बादल थोरै मतको अन्तरमा पराजित हुुनुभयो । भर्खरै प्राप्त परिणामअनुसार कांग्रेस, माओवादी र माओवादी निकट रहनुभएका एमालेकै दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसहितको बिपक्षी गठबन्धनका उम्मेद्वार डा. खीमलाल देवकोटा बिजयी बन्नुभएको छ ।

    चुनाव चिह्न कलम भएका देवकोटाले ५०८८ मतभार पाएर बिजयी हुनुभयो भने सूर्य चिह्नधारी थापाले ४०१४ मत पाउनुभयो । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेबाट गृहमन्त्री थापा र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल र झलनाथ खनाल समुहले देवकोटालाई उम्मेदवार बनाएको थियो ।

    कांग्रेस, माओवादी प्रस्तावक र समर्थक रही चुनाव लडनुभएका देवकोटालाई माधव समुहले मतदान गरेपछि बिजयी बन्नुभएको हो । यो परिणामले एमाले पराजीत भएपनि केपी ओलीसँग अव एक्लै कुनैपनि दल र कुनैपनि नेता टिक्न नसक्ने प्रमाण दिएको छ । पाँच पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, प्रचण्ड, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र माधव नेपालको साझा उम्मेद्वार देवकोटाले ५ हजार ८८ मत पाउनुभएको छ । यता प्रधानमन्त्री केपी ओली नेतृत्वको एमाले उम्मेद्वार थापाले ४ हजार १४ मत ल्याउनु भएको छ । यस्को अर्थ सवै एकातिर हुँदा पनि जम्मा १ हजार ७४ मत मात्रै बढी ल्याएका छन ।

  • ६ जेष्ठ २०७८, बिहीबार १९:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images