गुल्मी । गुल्मीमा थप ४१जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।याे सँगै गुल्मीमा काेराेना संक्रमितकाे संख्या ११२६ पुगेको छ ।
त्यसै,गरि गुल्मीमा काेराेना जितेर घर फर्केने काे संख्या ३२० पुगेको गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ६१ पुगि सकेकाे जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ। गुल्मीमा निषेधाज्ञा गरे पनि काेराेना संक्रमण दर र मृत्यु दर घटेको छैन् ।