कर्णालीमा थपिए ४५५ कोरोना संक्रमित, थप ७ जनाको मृत्यु
  • CIA Khabar

  • कर्णाली । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २६० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    योसँगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या १९ हजार १३३ पुगेको छ । कर्णाली प्रदेशमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रमा उपचारको क्रममा सल्यानका पाँच, सुर्खेत र डोल्पाका एकएक जनाको मृत्यु भएको हो । यससँगै कर्णालीमा कुल संक्रमितमध्ये हालसम्म मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप ३९० जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये निको हुनेको संख्या ११ हजार ७५३ पुगेको छ । हाल प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टर, होम आइसोलेसन सेन्टरमा ६ हजार २३७ जना सक्रिय संक्रमित रहेका छन् ।

  • ६ जेष्ठ २०७८, बिहीबार २१:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images