प्रदेश १ मा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु
  • CIA Khabar

  • मोरङ । प्रदेश १ मा बिहीबार एकैदिन कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनका कारण मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो । मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचाररत रहेका ७ महिला १६ पुरुषको मृत्यु भएको जनाइएको छ ।

    पछिल्लो तथ्याँकअनुसार मोरङमा ८ जनाको मृत्यु भएको छ । त्यसैगरी सुनसरीमा ७ जना, झापामा ५ जना, प्रदेश १ बाहिरका ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हिजो मात्र प्रदेशमा २१ जनाको मृत्यु भएको थियो । पछिल्लो गएको एकदिन यतादेखि प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या लगातार बढीरहेको छ।

    प्रदेशमा गएको सोमबार १८ जनाको कोरोना संक्रमण कारण मृत्यु भएको थियो । गएको वैशाख २९ मा १७ जनाको मृत्यु भएको थियो । प्रदेश १ मा कोभिड १९ को दोस्रो लहरपछि हालसम्म २७२ जनाको मृत्यु भइसकेको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार २१:३९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images