काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग ९यूएसएड०ले नेपाललाई कोभिड–१९ को महामारीसँग जुध्न आपत्कालीन सहयोगको घोषणा गरेको छ ।
स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक सर्जिकल मास्क, फेसशिल्ड तथा पन्जा बोकेको पहिलो विमान नेपालतर्फ प्रस्थान गरिसकेको यूएसएडले जनाएको छ । यो सहयोग सामग्रीको पहिलो चरण भएको र बाँकी आगामी दिनमा पठाइने यूएसएडको भनाइ छ ।
पछिल्लो तीन सातामा यूएसएडले नेपाललाई कोरोना भाइरसको परीक्षण, रोकथाम तथा उपचारका लागि १५ मिलियन डलर ९करीब रू।१ अर्ब ७५ करोड० बराबरको सहयोग गरिसकेको जनाएको छ ।
यूएसएडले नेपालमा अक्सिजन सम्बन्धी उपकरण खरीद तथा मर्मतका लागि पनि सघाएको विज्ञप्ति मार्फत जनाएको छ ।
महामारीसँग जुध्न यूएसएडले बितेका १५ महिनामा ५० मिलियन डलर (करीब रू.५ अर्ब ८५ करोड) बराबरको सहयोग गरेको छ ।