बेलायतमा ७० प्रतिशत बढीले लगाए कोरोनाविरुद्धको खोप
  • CIA Khabar

  • लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ७०.७ प्रतिशत वयस्कले खोपको पहिलो डोज लगाएका छन् । बिहीबारसम्म सार्वजनिक सरकारी तथ्याङ्कअनुसार कोरोना विरुद्धको पहिलो डोज लगाउनेको संख्या तीन करोड ७२ लाख ५० हजार ३६३ पुगेको छ ।

    यसैगरी दुई करोड १२ लाख ३९ हजार ४१७ जना अर्थात् ४०।३ प्रतिशतले खोपको दोस्रो डोज लगाएका छन् । बेलायतमा हालसम्म पहिलो र दोस्रो दुवै गरी ५ करोड ८४ लाख ८९ हजार ८३४ डोज खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोशल केयर’ ले जानकारी दिएको छ । बेलायतमा एकसय जनामध्ये ८७ जनाले खोप लगाएका छन् ।

    विश्वभरको तथ्याङ्क हेर्दा हालसम्म १।५६ बिलियन डोज खोप वितरण भइसकेको छ । जसका आधारमा हरेक एक सय जनामध्ये २० जनाले खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा बेलायतमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७०१ पुगेको छ । पछिल्लो समय बेलायतमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण निरन्तर बढ्दै गएको छ ।

    इङ्ग्ल्यान्डका २३ वटा इलाकामा फैलिएको उक्त भाइरस बेडफोर्ड, बर्नली, हन्स्लो, किर्कलेस, लेइस्टर, नर्थ टाइनसाइड लगायत क्षेत्रमा बढी देखिएको छ । सोमबार करिब २३ सय केस भएकामा तीन हजारभन्दा बढी इण्डियन भेरियन्टका केस भेटिएको सञ्चारमाध्यमले जनाएका छन् ।

    यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ८७४ जनामा संक्रमण पुष्टि स्वास्थ्य विभागले ले जानकारी दिएको छ ।

    नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ५५ हजार २२१ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या करिब ४० हजार रहेको छ भने ४२ लाख ८४ हजार भन्दा बढी संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार २३:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images