जसपाको यी माग पुरा: ओलीलाई निरन्तरता दिन जसपा तयार
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को माग पुरा भएपछि महन्थ ठाकुर पक्ष केपी ओलीकै निरन्तरताका लागि तयार भएको छ ।

    प्रदेशको सीमांकनसहित संशोधन गर्ने सुझाव दिनेगरी संविधान संशोधनका लागि कार्यदल बनाउने र नागरिकता कानुन सरकारले अध्यादेशबाटै जारी गरेर जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको नागरिकता दिने सहमति पछि ठाकुर पक्ष ओलीको निरन्तरताका लागि सहमत भएको हो ।

    “मधेसका सबै माग र मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री ओली तयार भएकाले जसपाले अब ओलीकै निरन्तरताका लागि सहयोग गर्छ,” जसपाका एक नेताले भन्नुभयो, “अब अरु दलले पनि या त केपी ओलीको सरकार मान्नुपर्ने हुन्छ अथवा उहाँकै नेतृत्वमा चुनावमा जानुपर्ने हुन्छ।”
    “मधेसका विषयमा हामीले राजनीतिक महत्वका लागि उठाएका मुद्दासमेत संबोधन हुने भएपछि जसपाले किन केपी ओलीको विकल्प खोज्ने,” ठाकुर निकट ती नेताले भन्नुभयो, “हाम्रा माग र मुद्दामा ओली यति धेरै सकारात्मक रुपमा अघि बढिसक्नुभयो कि त्यति काम हाम्रै पार्टीको नेतृत्वमा सरकार बन्यो भने पनि गर्न सहज छैन ।”

    जसपा नेता तथा सांसद प्रमोद यादव भने केही समझदारी भए पनि ती समझदारी समय आएपछि सार्वजनिक हुने बताउनुभयो । “हिजो केही राजनीतिक डेभलपमेन्ट भएका छन्, आजै सबै सार्वजनिक हुँदैनन्,” साहले भन्नुभयो, “समय आएपछि ती समझदारी सार्वजनिक हुँदै जान्छन् । यति भन्न सक्छु समझदारी मधेसको हितमा छ ।” उहाँले पनि ती समझदारीका आधारमा केपी ओलीकै निरन्तरता सम्भव हुने बताउनुभयो ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images