दैलेख । दैलेखका विद्यार्थीहरुले जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेका छन्।
दैलेख जिल्ला नारायण नगरपालिकास्थित त्रिभुवन उच्च माध्यामिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुले स्वास्थ्य उपकरण अक्सिजन कन्सन्टेटर १ थान र अक्सिजन माक्स १५ थान सहयोग गरेका हुन्।
०६० मा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले रकम संकलन गरी करिब एक लाख तीस हजार बराबरको अक्सिजन कन्सन्टेटर र १५ थान माक्स सहयोग गरेका हुन्।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि विद्यार्थीहरुले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण अक्सिजन कन्सन्टेटर १ थान र अक्सिजन माक्स १५ थान विद्यालयका प्रधानाध्यापक निरक तारामीको उपस्थितिमा हिजो बिहीबार जिल्ला अस्पताल दैलेखलाई हस्तान्तरण गरेका हुन् ।
त्रिभुवन उच्च माध्यामिक विद्यालयमा अध्यायन गरी ०६० सालमा एसएलसी दिएका विद्यार्थीहरुले सामाजिक संजालमा जोडिएर ५३ जना विद्यार्थीहरुले अक्सिजन अभावका कारण छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले आर्थिक रकम संकलन गरेका थिए।
उनीहरुले देश विदेशमा रहेका साथीहरुलाई सामाजिक संजालमा जोडेर करिब १ लाख ५० हजार रकम संकलन गरेका थिए।