जसपाले दियो सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन
  • CIA Khabar

  • काठमाडौ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाइसकेको हुनाले सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन दिएको छ । आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।

    बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गरेका थिए । माओवादी केन्द्र र नेपाली काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नमान्ने र मधेशको माग पनि पुरा नगर्ने तर प्रधानमन्त्री अ‍ोलीले मधेशको माग पुरा गरिरहेको हुनाले उनैलाई समर्थन गर्नु उचित हुने नेता महतोको धारणा थियो । ‘

    ‘काँग्रेस–माओवादीले केही गर्न पनि नसक्ने, अरुले गर्दा त्यसको विरोध पनि गर्ने त्यो हुँदैन,’ महतोको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘जसले मधेशको माग पूरा गर्छ त्यसलाई हाम्रो समर्थन हुन्छ । त्यसका लागि तपाईंहरु पनि तयार रहनु होला, जतिखेर पनि तपाईंहरुलाई बोलाइन्छ ।’

    महतोले भने, ‘सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने हो नभए तटस्थ बस्नुपर्छ । दुवै विकल्पमा जसपा जानसक्छ ।’ सत्ता समीकरणका लागि जुनसुकै निर्णय गर्नुपर्दा अध्यक्ष ठाकुरले निर्णय लिन सक्ने गरी उनलाई जिम्मेवारी दिएको छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १४:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images