माधव नेपाल पक्षका सांसदको भेलामा कांग्रेस-माओवादी नेता सुटकेस बोकेर उपस्थित
  • CIA Khabar

  • काठमाडौ । सिंहदरबारस्थित संसद् सचिवालयमा जारी माधव नेपाल पक्षका सांसदहरूको भेलामा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू पनि सहभागी भएका छन् ।

    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र माओवादी नेताहरू वर्षमान पुन तथा देव गुरुङ भर्खरै नेता नेपाल पक्षीय सांसदको भेलामा पुगेका छन् ।

    जसपाको उपेन्द्र यादव पक्षीय नेता मोहम्मद इश्तियाक राई पनि बैठक स्थलमा देखिएका छन् ।

    नेपाल पक्षका सांसदको भेलामा कांग्रेस र माओवादीका नेताहरू सहभागी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    नेपाल पक्षीय सांसद रामकुमारी झाँक्रीले सामूहिक राजीनामाबारे छलफल चलिरहेको बताएकी छिन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १५:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images