एमालेका १२१ सांसदको हस्ताक्षर दावीसहित ओली शीतलनिवासमा
  • CIA Khabar

  • काठमाडौं । एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । उनी करिब ४० मिनेट शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेका थिए ।

    विपक्षी दलका नेताहरु १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावीसहित शीतल निवास पुगेकै बेला ओली पनि पुगेका हुन् । अब राष्ट्रपतिले कसलाई मान्यता दिनेछिन् भन्नेमा सर्वत्र चासो छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १६:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images