कैलाली । नेपाल कम्युनिस्ट पार्टी एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेको निवर्तमान मन्त्री लेखराज भट्ट जनताको सपना पूरा गर्न अहोरात्र खटिनु भएको छ । सुदूरपश्चिम प्रदेशमा विकासको मूल फुटाउनु उहाँको अहिलेको प्रमुख उद्देश्य हो । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज पनि लेखराज भट्टकै पहलमा निर्माण सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशका नागरिकहरुग गुणस्तरीय उपचार नपाएर पिल्सिरहेको अवस्थामा मेडिकल कलेजको निर्माण पनि गुणस्तरीय स्वास्थ्य सँगै घरमै चिकित्सा शिक्षा पाउने अपेक्षा गरिएको छ । एउटा पनि औद्योगिक क्षेत्र नभएको सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टले औद्योगिक क्षेत्र निर्माण प्रक्रियालाई अघि बढाउनु भएको छ । विशेष आर्थिक क्षेत्र पनि भट्टकै पहलमा अघि बढिरहेको छ । अत्तरिया धनगढी औद्योगिक कोरिडोर पनि उहाँबाटै सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशमा विकास प्रेमी नेताको रूपमा चिनिएका भट्ट अहिले कोरोना संक्रमितहरुलाई सहज उपचारमा लागिरहेका छन् । उहाँकै पहलमा गेटामा कोरोना उपचार केन्द्र स्थापना गरिएको छ । प्रदेश सरकारको ठुलो असहयोग हुँदा पनि सङ्घीय सरकारबाट उहाँले कोरोना उपचार केन्द्र स्थापना गर्नुभएको हो । मन्त्री भट्ट र प्रतिनिधि सभा सदस्य नारद मुनि रानाको पहलमा २ सय सिलिन्डर अक्सिजन कैलाली आइरहेको छ ।