वैकल्पिक सरकार बन्न नदिनका लागि घिनलाग्दो चक्रव्यूह बनाइयो: प्रम ओली
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूलाई वैकल्पिक सरकार बनाउन आग्रह गर्दै आफ्नो रचनात्मक सहयोग हुने प्रस्ट पार्नुभएको छ ।

    शुक्रबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफू पनि सरकार बनाउन नसक्ने अनि विकल्पका लागि बाटो खोल्दा पनि दलहरुले विभिन्न भ्रम छरेको आरोप लगाउनुभयो । अविश्वास प्रस्ताव दर्ता होला भनेर आफूले अढाइ महिनासम्म पर्खिए पनि कसैले हिम्मन नगरेका कारण आफुले नै संवैधानिक रुपमा मार्ग प्रशस्त गर्दै अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अविश्वास प्रस्ताव ल्याइएन, त्यसपछि मैले विश्वासको मत मागेँ । त्यसो भए मलाई विश्वासको मत दिनुस् भनेँ । वैकल्पिक सरकार बन्न सक्दैन भने मलाई समर्थन दिनुस् भनेँ । त्यो नदिनका लागि घिनलाग्दो चक्रव्यूह बनाइयो ।’

    महाभारतकालीन ‘चक्रव्यूह’ को उदाहरण दिँदै सरकार ढाल्नका लागि नीति, विधि तोडिएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘विश्वासको मत नपुगोस् भन्नका लागि दलहरुभित्रै विग्रह, दलीय अनुशासन, लोकतान्त्रिक मूल्य मान्यता पनि छाडेर २७ जना मान्छे गुटगत हिसाबले, अनुशासनहीन ढंगले सरकार ढाल्ने खेलमा विपक्षीसँग मिलेर सरकार ढाल्ने प्रयास भयो ।’

    आफ्नै पार्टीका खनाल–नेपाल पक्षका सांसद विश्वासको मत लिने बेलामा संसदमा अनुपस्थित भएकोप्रति संकेत गर्दै प्रश्न गर्नुभयो, ‘यी काम लोकतान्त्रिक मूल्यमान्यता अनुसारका हुन् रु कुनै पनि हिसाबले नैतिक हुन सक्छन् ?’

  • ७ जेष्ठ २०७८, शुक्रबार १७:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images