हस्ताक्षर दुरुपयोग भएको भन्दै योगेशको आपत्ति
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेको बताउनुभएको छ । उहाँले आफ्नै दलको सरकार ढालेर विपक्षिलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा उचित नहुने भन्दै हस्ताक्षरको अस्वीकार गर्नुभएको हो ।

    एमालेमा विवाद मिलाउने प्रयासमा लागिरहनुभएको उहाँले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर अस्वीकार गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

    विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्नेहरुमा एमालेको माधव नेपाल पक्षका सांसद पनि छन् । नेपाल पक्षका २७ सांसदको हस्ताक्षर रहेको बताइएको छ। तर त्यसलगत्तै आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, जयकुमार राईलगायत सांसदले पनि हस्ताक्षर नगरेको जानकारी दिनुभयो ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १७:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images