माधव पक्षका सांसदले हस्ताक्षर गर्न नमानेपछि खल्तीबाट निकालेर देउवालाई दिए पुरानो हस्ताक्षर
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेका अन्य नेताले साथ नदिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछि लागेर राष्ट्रपतिभवन शितलनिवास पुग्नुपरेको छ । एमालेका सांसदहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्न संसद सचिवालयस्थित लेखा समितिको हलमा डा. भीम रावल, रामकुमारी झाँक्री, झपट रावलसहित सात जना सांसदमात्र पुगेपछि नेपालले पुरानो हस्ताक्षर बोकेर देउवाको नाममा दुरूपयोग गर्नुभएको हो ।

    आफ्नै पार्टी अध्यक्षबिरुद्ध खडा भई कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन लागेपछि सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरूले नेता नेपालको यो कदमको निन्दा गरेका छन । पाण्डे, बिष्ट र भट्टराईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भन्दै हस्ताक्षर दुरूपयोग भएको जानकारी गराइसक्नुभएको छ । सिंहदरबारदेखि एमालेको नामममा एक्लो बन्नुभएको माधव नेपाल शितल निवाससम्म पनि एक्लै हुनुहुन्छ ।

    कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवासहितका कांग्रेस नेतासँग कुरा हुँदा अन्य नेता एमाले भए पनि आफू अब एमाले हुन नसक्ने भन्दै नेपालले चुनावअघि आफू कांग्रेस प्रवेश गर्न तयार रहेको जानकारी गराउनुभएको स्रोतले जनाएको छ । यसअघि देउवाले रूख चिन्हमा चुनाव लड्न गरेको प्रस्ताव समेत नेपाल र डा रावलले स्वीकार गर्नुभएको तथ्य जनताटाइम्सले सार्वजनिक गरिसकेको छ ।

    देउवाको निवासमै पुगेर उहाँहरुले रुख चिन्हमा चुनाव लडने सहमति जनाउनु भएको थियो । नेपालले आफू कांग्रेस नै प्रवेश गर्न तयार भए पनि सांसदहरू उपस्थित नभएपछि संसदमा अनुपस्थित भएका २७ जनाको हस्ताक्षर प्रयोग गर्न भनेर देउवालाई दिनुभएको थियो । नेपालको सो कदमको कडा प्रतिवाद गर्दै ‘त्यो हस्ताक्षर प्रयोग नगर्नोस’ भनेर नेता सुरेन्द्र पाण्डे पार्टीको विवाद समाधान कार्यदलको बैठकमा सहभागी हुन जानुभएको थियो ।

    आजको यो घटनापछि माधव नेपाल थप नांगो बन्नुभएको छ । उहाँ एमाले छाडेर जाने निर्णयसहित एमालेको युवा नेताहरुलाई समेत सकाउने षडयन्त्रमा रहनुभएको तथ्य पनि यस घटनाले पुष्टि गरेको छ । माधव नेपाल जस्तो नेताले नै सांसदको हस्ताक्षर दुरूपयोग गराउन कस्सिएपछि अरूले के गर्लान भन्ने प्रश्न उठेको छ । सिंहदरबारमा भएको छलफलमा हस्ताक्षर गर्नेक्रममा एमालेका सात जना सांसद मात्रै उपस्थित भएका थिए ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १८:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images