थप १५ जना कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • बाँके । बाँकेमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    बाँके जिल्ला फोकल पर्सन तेज वलीका अनुसार मृतकमध्ये बाँके जिल्लाका आठ जना, सल्यान र कैलालीका दुई/दुई जना, प्यूठान, दाङ र बर्दियाका एक/एक जना रहेको छ । बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्मको अवधिमा उक्त संख्यामा मृत्यु भएको हो ।

    भेरी अस्पताल नेपालगञ्ज र मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १८:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images