एमाले कार्यदलमा हस्ताक्षर दुरुपयोग भएको भन्दै भनाभन
  • CIA Khabar

  •  

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक एजेन्डामै प्रवेश नगरि सकिएको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको बैठक अर्को मिति तय गरेर फेरि बस्नेगरी सकिएको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए ।

    यसैबीच आजको बैठकमा नेताहरुबीच आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै भनाभन भएको छ ।
    स्रोतका अनुसार बैठकमा नेता माधवकुमार नेपाल पक्षले प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफुहरुको हस्ताक्षर लगेर दुरुपयोग गरेको विषय उठाएका थिए ।
    नेपाल पक्षबाट कार्यदलका रहेका नेताहरुले केही नेताहरुले आफूहरुको हस्ताक्षरको दुरुपयोग भएको भन्दै आपत्ति जनाएका थिए ।

    कार्यदलमा नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा ५ र केपी ओेली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा ५ गरी १० जना सदस्य छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १८:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images