गुल्मी । गुल्मीमा थप ११३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।त्यस्तै २ जनाको मृत्यु भएको छ।
जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या १६३६पुगेको छ।त्यसै,गरि गुल्मीमा कोरोना जितेर घर फर्केने को संख्या ४४०रहेको छ।
गुल्मीमा सकृय संक्रमितको संख्या ११३३ रहेको स्वास्थ्य कार्यालय गुल्मीका सि।आई.सि.टि अफिसर सुजन ढकालले जानकारी दिनुभयो।जसमध्ये ११०२जना होम आइसोलेशन र ३१जना आइसोलेसनमा, उपचार भै रहेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा गुल्मीमा थप २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रेसुङा नगरपालिका १० का २९ वर्षीय पुरुष र चन्द्रकोट गाउँपालिका ३ का ४७ वर्षीय पुरुष रहेका छन्।यो सगै गुल्मीमा कोरोना बाट मृत्यु हुनेको सख्या ६३ पुगेको छ। गुल्मीमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ १५ गते राति १२ बजे सम्म निषेधाज्ञा गरिएको छ।