ओलीले राष्ट्रपतिलाई पठाए नेपाल समूहका २६ सांसदलाई कारबाही गर्ने पत्र
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने आफ्ना २६ जना सांसदलाई कारबाही गर्ने लिखित जानकारी राष्ट्रपति कार्यालय पठाएको छ ।

    ती सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाइएको हो ।

    दलीय अनुशासन उल्लंघन गरेकाले उनीहरूलाई कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई पठाएको बुझिएको छ ।

    शुक्रबार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

    देउवालाई विपक्षी गठबन्धनका माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराईले समर्थन गरेका छन् । जसमा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् । यद्यपि, नेपाल पक्षका केही नेताहरूले आफूहरूको हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिखित जानकारी गराएका छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार २०:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images