प्रधानमन्त्रीका लागि परेका दुवै दाबी खारेज गरी चुनाव घोषणा गर्न कमल थापाको माग
  • CIA Khabar

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ताको खेललाई बन्द गर्दै चुनावमा जानु पर्नेमा जोड दिएका छन् । उनले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा आज परेका दुवै दाबी किर्ते भएको भन्दै त्यसलाई खारेज गरी चुनाव घोषणा गर्न माग गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका हुन् । उनले दुवै दाबी जाली र किर्ते भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार २१:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images