पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।
कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ ।
मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय चर्चित गायिका पुर्णकला विसि र जापानमा रहेका आफ्नो सांगितिक यात्रा अघि वढाईरहेका गायक एवम् सर्जक समुन्द्र राज पौडेलको आवाजमा नया गित ‘ह’त्यारा’ भखरै सार्वजनिक भएको छ ।
माया छुटाउन समाजले बुनेको जालले अभियोगको लागेको कुरा गीतले उठाएको छ । निकै उत्कृष्ट शब्द सहितको गीतमा शब्द भने सागर रेग्मी रितेशले गरेका हुन भने चर्चित सर्जक सुरेश रमण अधिकारीले गीतको लय सिर्जना गरेका छन । निशान एसकेको निर्देशन रहेको गीतमा इश्वर खाती,आयुष्मा कार्की र नरेश विसीको अभियन रहेको छ ।