गजल
म पनि भक्कानिदै रोएको छु, देश रोएको बेला
भित्र भित्रै निसासिएको छु, देश दुखेको बेला ।
गुमाउनु आँफैमा, गुमाउनेलाई थाहा हुन्छ पिडा
म पनि भित्र भित्रै टुटेको छु, आमा रोएको बेला ।
मृत्यु सलबलाएको दृश्य, सक्दिन म गर्न बयान
छट्पटिमै रात बिताएको छु, मुटु दुखेको बेला ।
सुर्य त्यहीँ छ, चन्द्र त्यहीँ छ, चराको गीत उही छ
टिलपिल छ सागर आँखामा, समयले चुटेको बेला ।
छैन सास फेर्ने हावा, पाइँदैन घाटसम्म काँधहरु
उद्धार गर अब श्री कृष्ण, हाहाकार भएको बेला ।
– सुदन डोटेल
कुसुन्ती, ललितपुर