ओली-देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न मिलेन: राष्ट्रपति भण्डारी
  • CIA Khabar

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन्।

    दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिएकी छन्।

    राष्ट्रपति कार्यालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार २३:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images