नेताहरूको दिनभर दौडादौड
  • CIA Khabar

  • काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीका लागि दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्म समय दिएकी थिइन् । बिहानसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले आफैं प्रधानमन्त्री दाबी गर्ने अग्रसरता लिएकै थिएनन् । उनलाई आफ्नो पक्षमा बहुमत पुग्छ भन्ने लागेको थिएन ।

    एमालेको खनाल–नेपाल समूहले साथ दिने विश्वास उनलाई थिएन । यसअघिको प्रक्रियामा खनाल–नेपाल समूहका सांसद राजीनामा दिनबाट पछाडि हटेपछि देउवा संविधानको धारा ७६ ९२० अनुसारको प्रधानमन्त्री बन्न सकेका थिएनन् ।

    राष्ट्रिय सभाको उपनिर्वाचनमा प्रधानमन्त्री ओलीले अघि सारेका रामबहादुर थापाले बिहीबार हारेपछि एमालेभित्र एकताको वातावरण बिग्रेको थियो । यही मेसोमा शुक्रबार बिहान कांग्रेसको पदाधिकारी बैठक चलिरहेकै बेला नेता नेपालले देउवालाई प्रधानमन्त्रीमा अघि सर्ने भए हस्ताक्षर गर्ने जनाउ दिए ।

    नेपाललाई पनि देउवाले चुनाव चाहेका हुन् कि प्रधानमन्त्री भन्नेमा शंका थियो । नेपाल पक्षले हस्ताक्षर गर्ने भए आफू अघि बढ्ने बताएपछि देउवाको पक्षमा बहुमत जुट्ने माहोल बनेको हो । संविधानको धारा ७६ ९२० अनुसार सरकार बनाउन राजनीतिक दलको समर्थन आवश्यक पर्ने भएकाले एमालेको खनाल–नेपाल र जसपाको यादव समूहलाई अप्ठ्यारो परेको थियो । यस पटक सांसदको हस्ताक्षर भए पुग्ने हुनाले उनीहरू देउवालाई अघि सार्न तयार भए । त्यसअनुसार दिनभर चरणबद्ध छलफल गरेर उनीहरू दाबी प्रस्तुत गर्न राष्ट्रपतिकामा पुगेका थिए ।

    १ सय ४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका करिब सय जना नेता साढे ३ बजे शीतल निवास पुगेका थिए । त्यसभन्दा १५ मिनेटअघि प्रधानमन्त्री केपी शर्मा ओली एक्लै दाबी प्रस्तुत गर्न शीतल निवास छिरिसकेका थिए । करिब ४५ मिनेट कुराइपछि विपक्षी गठबन्धनका नेताहरूले राष्ट्रपतिलाई भेट्न पाए ।

    शीतल निवास पुगेका सबैलाई राष्ट्रपतिले भेटिनन् । उनले आफू रहने बैठक कक्षमा आठ जना मात्रै आउन आग्रह गरेकी थिइन् । कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका नेता महेन्द्रराय यादव, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र कानुनी परामर्शका लागि भन्दै कानुन व्यवसायीसमेत रहेकी कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल मात्रै राष्ट्रपतिसँगको भेटमा सहभागी थिए । यो समाचारकान्तिपुर दैनिकमा छ ।

  • ८ जेष्ठ २०७८, शनिबार ०८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images