सेयर बजारमा चलखेल नगर्न आग्रह
  • CIA Khabar

  • काठमाडौं । पछिल्लो समय सेयर बजारमा प्रवेश गर्नेको सक्रियतासँगै सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अनावश्यक विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण नगर्न नियामक नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण गराएको छ ।

    कोरोना सङ्क्रमण एकाएक बढ्न थालेपछि वैशाख १६ गतेयता गरिएको निषेधाज्ञाले प्रायः सबै क्षेत्र ठप्प छन् । यद्यपि सेयर बजार भने चलिरहेको छ । बोर्डले सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन, यस्ता अभिव्यक्ति पनि नदिन सरोकारवाला पक्षहरुलाई सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो ।

    विभिन्न व्यक्ति र समूहले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेप्से सूचक तथा सूचीकृत संस्थाको सेयर मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयर हरू खरिद गर्न वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अन्तर्वार्ता र अभिव्यक्ति दिएको भन्दै त्यस्तो कार्य रोक्न बोर्डले ध्यानाकर्षण गराएको हो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • ८ जेष्ठ २०७८, शनिबार ०८:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images