काठमाडौँ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक र मंसिरमा चुनाव घोषणा गरेलगत्तै विपक्षी दलहरू आगामी रणनीति तय गर्न छलफलमा जुटेका छन् ।
संसद भवन नयाँ वानेश्वरमा शुरु भएको छलफलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी छन् ।
सरकारले संसद विगठन गरेपछि त्यसविरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय नेपाली कांग्रेसले गरिसकेको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता वावुराम भट्टराई, उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायतका नेता सहभागी छन् ।
नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।
प्रधानमन्त्री ओली र राष्ट्रपति ओलीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गर्दै प्रतिवादमा उत्रन आह्वान गरिरहेका छन् ।