काठमाडौं । सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसको विरोधमा रहेका विपक्षी गठबन्धनले सांसदहरुलाई काठमाडौं बोलाएको छ । शनिबार बसेको विपक्षी गठबन्धनको आकस्मिक बैठकले सबै सांसदलाई काठमाडौं बोलाउने उनीहरुसँग छलफल गरेर कसरी अघि बढ्ने भन्नेमा निर्णय लिइने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
उनले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय बैठकले गरेको बताए ।