काठमाडौं । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बिधि, पद्धति, दलीय मर्यादा र आचरणलाई कुल्चिएर कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा किन हस्ताक्षरको नेतृत्व गर्नुभयो रु यो प्रश्न अहिले पनि एमाले कार्यकर्ता र काठमाडौं २ का मतदाताले गरिरहेका छन । कांग्रेसलाई हराउन एमाले उम्मेदवार नेपाललाई मतदान गरेका मतदाता र कार्यकर्ताको यो प्रश्नको जवाफ दिने भन्दा नेपाल भने प्रचण्ड पथहुँदै देउवा पथमा पुगेर बिलय हुनुभएको छ ।
एमालेमा १५ बर्षसम्म आफ्नो एकलौटी हुकुमी शासन चलाउनु भएका पूर्वमहासचिव नेपालले शुक्रवारबाट औपचारिक रुपमा एमाले त्याग्नुभएको छ । उहाँसँगै भीम रावलसहितका आधा दर्जन सांसद पनि अव एमालेमा बसिन्न भन्दै कांग्रेस र माओवादीको शरणमा पुगेका छन । यी सवै घटनाक्रम कसरी बिकाश भयो भन्ने बुझ्न गत बैशाख अन्तिम साता नेता नेपाल र रावलले कांग्रेस सभापति देउवासँग आर्थिक भार सवै कांग्रेसले बेहोर्ने गरी रुख चिन्हबाट चुनाव लडने सहमति नै हो ।
बैशाख ३० अघि नै सांसदबाट सामुहिक राजीनामा देउवालाई प्रधानमन्त्री बनाउन देउवा निवासमै पुगेर नेपाल र रावलले यस्तो सहमति गर्नुभएको थियो । कांग्रेसले टिकट दिने, माओवादीले पनि सघाउने भन्दै उहाँहरुले सहमति दिएर सामुहिक राजीनामाको प्रस्ताव राख्दा अधिकांश सांसदले आपत्ति जनाएपछि रन्थनिनु भएका नेता नेपालले शुक्रवार सोही बैना पचाउन देउवाको पक्षमा आफ्ना पक्षका भन्दै सांसदको हस्ताक्षर खल्तीबाट निकालेर बुझाउनु भएको हो ।
स्रोतले दिएको जानकारीअनुसार चुनाव खर्चसहित सवै कुराको ग्यारेण्टी हुने भन्दै नेता नेपाल र भीम रावलले देउवासँग राजीनामा दिने सहमति बैशाखमै जनाउनु भएको थियो । कम्तिमा १६ जना सांसदले राजीनामा दिनुपर्ने भन्दै नेपाल र रावलले आफ्नो समुहमा रहेका २० जना प्रत्यक्ष निर्वाचित सांसदको राजनीनामा कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय लिनुभएको थियो । आगामी निर्वाचनमा रुख चिन्हबाट चुनाव लडने र चुनाव खर्च पनि पाइने भन्दै नेपाल र रावलले गरेको राजीनामाको प्रस्तवमा गोकर्ण बिष्ट, योगेश भट्टराईसहितका बहुमत नेताहरु असहमत हुनुभएको थियो ।
प्रधानमन्त्री रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध बिपक्षी कांग्रेस–माओवादी गठबन्धनको बहुमत पुर्याउने जिम्मा लिनुभएका नेता नेपाल र भीम रावललाई आफ्नै समुहका बहुमत सांसदहरु बिपक्षमा उभिएपछि देउवासँगको सहमतिकै लागि आफै बली चढनु भएको हो ।